निःशुल्क स्वास्थ्य शिविरमा सात सयको उपचार

इनेप्लिज २०७२ साउन १० गते ३:२१ मा प्रकाशित

लहान, १० साउन । प्रहरीको नागरिक हातेमालो कार्यक्रमअन्तर्गत शनिबार साँझ सिरहाको गोलबजारमा सम्पन्न एकदिवसीय निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सय बिरामीले स्वास्थ्योपचार गराएका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारको आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा ३३५ महिला र ३५५ पुरुष बिरामीले निःशुल्क औषधोपचार गराएका हुन् । विभिन्न अस्पतालमा कार्यरत छ चिकित्सकसहित स्वास्थ्यकर्मीको सहभागितामा सम्पन्न शिविरमा आँखा, कान, स्त्रीरोग, बालरोगलागायत विभिन्न रोगको उपचार गरिएको थियो ।

स्वास्थ्य जाँच गराएकामध्ये २० जनामा आँखाको मोतीबिन्दुको समस्या देखिएको जनाइएको छ । शिविरमा २४ बिरामीको निःशुल्क भिडियो एक्सरे गरिएको थियो । शिविरमा स्थानीयवासीको सहयोगमा सङ्कलित रु तीन लाखभन्दा बढी मूल्य बराबरको औषधि वितरण गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया