मंगलबार, असार ८ २०७८
काठमाडौं १७:१३
वासिङटन डिसी 07:28

नेपाल भाषा तथा संस्कृति समाजमा श्रेष्ठ

इनेप्लिज २०७२ साउन १० गते २:२५ मा प्रकाशित

इलाम, १० साउन । नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्षमा ऋषिप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।

समाजको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले उपाध्यक्षमा ध्रुव भक्तराज, सचिवमा चिरञ्जीवी श्रेष्ठ, सहसचिवमा सुनिता कर्माचार्य र कोषाध्यक्षमा दुर्गामदन श्रेष्ठ तथा सदस्यमा विमल खड्गी, सुमन श्रेष्ठ, इन्द्र श्रेष्ठ र कृष्ण श्रेष्ठ रहनुभएको छ । नेवा देय दबुका जिल्ला अध्यक्ष युद्धप्रसाद वैद्यले अधिवेशनको उद्घाटन गर्दै भाषा संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।

समाजले नेवारी पकवान, धिमेबाजा र बाँसुरीको तालिम सञ्चालन गर्नाका साथै लाखेजात्रा, गाईजात्रा, रोपाइँजात्रा र गठेमङ्गलसमेत प्रदर्शन गर्ने समाजका सदस्य खड्गीले जानकारी दिनुभयो ।

प्रतिक्रिया