धनगढी, १० साउन । कैलाली जिल्लाको अत्तरिया नगरपालिका क्षेत्रलाई सुदूरपश्चिमकै पहिलो साक्षर नगरपालिका घोषणा गरिएको छ ।
नगर क्षेत्रमा बसोबास गर्ने १५ वर्ष उमेर माथिदेखि ६० वर्षमुनिका ९५ प्रतिशत वा सोभन्दा बढी व्यक्ति साक्षर भएमा उक्त निकायलाई साक्षर गाविस/नगरपालिका घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको मापदण्डबमोजिम नगरपालिकालाई साक्षर नगरक्षेत्र घोषणा गरिएको नगरपालिकाका कार्यकारी अधिकृत खेमराज जोशीले बताउनुभयो ।
शनिबार अत्तरियामा आयोजित कार्यक्रममा स्थानीय चण्डेश्वरी निमाविमा कक्षा २ मा अध्यनरत ५८ वर्षीय दलबहादुर मल्लले सेतो पाटीमा ‘साक्षर अत्तरिया नगरपालिका’ लेखेर साक्षरताको घोषणा गर्नुभएको थियो । एक वर्षअघि मात्रै नगरपालिका घोषणा भएको सो नगरपालिकाका सबै १३ वडामा करिब ८० हजार जनसङ्ख्या छ ।
प्रतिक्रिया