शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:२५
वासिङटन डिसी 14:40

दोलखामा दुई परकम्प

इनेप्लिज २०७२ साउन १० गते १:५५ मा प्रकाशित

vukampaकाठमाडौँ, १० साउन । गए राति ८ बजेर ४ मिनेट जाँदा दोलखा मागापौवा केन्द्रविन्दु भएको ४.५ रिक्टर स्केलको परकम्प गएको छ ।

त्यसअघि बिहान १२ बजेर ५ मिनेट जाँदा दोलखाकै माली केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ ।

प्रतिक्रिया