महिला र पुरुष सृष्टिका यी दुई कर्ता मानव जीवनमा रथका दुई पाङ्ग्रा हुन् यो ध्रुब सत्य छ तर, विश्व जगतमा महिलालाई पुरुष सरह अवशर र अधिकार सम्पन्न गरि लैङ्गिक विभेद अन्त गर्न भने तैयार छैनन् पुरुष बर्ग किन? यसमा नेपाली पुरुषहरु पनि अछुतो छैनन्। एकाशौ शताब्दिको आधुनिक युग लोकतान्त्रिक मूलुक नेपालमा अरबौ रुपियाँको लागत जनताको रगत र पसिनाको कमाई एवं कैयौ बर्षको पर्खाई पछि निर्माण हुन गैरहेको सबिधान जसलाई आधार मानेर नेपाली जनताको भविश्य कोर्दै नेपालको निर्माण गर्दछ भने त्यस संबिधानमा लैङ्गिक विभेद किन?
लोकतन्त्रमा जब सम्म सम्पूर्ण जनतालाई समान अवशर र अधिकार हुदैन तब सम्म प्रजातन्त्र र स्वतन्त्रताको कुनै मूल्य हुदैन भने के महिला यो देशको जनता होईन? यदि हो भने महिलामा विभेद किन? होईन भने महिलाको राज्य कहाँ?
लैङ्गिक विभेद एक सामाजिक अपराध हो। शताब्दिऔ देखि जरो गाडेको पितृसतात्मक सोचले महिलालाई प्रकृतिले दिएको प्रजनन शक्तिको दुरुपयोग गर्दै सन्तान उत्पादन गर्ने मेशिन, पुरुषको मनोरंजात्मक खेलौना एबं दासीको रुपमा शोषण गर्दै सम्पूर्ण सामाजिक, धार्मिक साथै राजनैतिक तहमा अवशर र अधिकारबाट बन्चित बनाई उनीहरुको जीवन घर भित्र एउटा पुरुषको मुट्ठीमा बन्द गर्दै आईरहेको छ जसले गर्दा बर्षेनी हजारौ निर्दोष महिलाको विभिन्न बहानामा हिंसा हुन्छन आफ्नै घरपरिवार ईश्टमित्र, छिमेकी जो कसैबाट पनि बलात्कृत हुन्छिन् वेश्यालयमा बेचिन्छिन पशु झैँ खरित बिक्रिको समान बन्छिन भने यसको अन्त गर्ने जिम्मेवारी कसको?
जब सम्म लैङ्गिक विभेदको अन्त गर्ने सोच बलियो रुपमा राज्यबाट आउदैन तब सम्म यी अपराधहरुले निरन्तरता पाई नै रहन्छ त्यसैले लैङ्गिक विभेद अन्त गर्नु नयाँ सबिधानको मुख्य उदेश्य हुनु पर्नेछ।
अमेरिकामा पनि पितृसत्तात्मक सोच नभएको होईन यहाँका महिलाले १९६० – ७० तिर महिला अधिकारको लागि ठुलो आन्दोलन गरे जसले गर्दा अन्याय गर्नेहरुको आँखा खुल्यो जसको फलस्परुप यस देशमा बच्चाको जन्म प्रमाण पत्रमा आमाको नाम पहिला हुन्छ र आमाको सिफारिसमा बाबुको नाम राखिन्छ बच्चाको बंश राख्न पनि आमाको अधिकार हुन्छ भने नेपालमा आमालाई प्राकृतिक अधिकारबाट पनि बन्चित गरिन्छ किन?
एउटा बच्चालाई आमाले नै नौ महिना कोखमा बोक्छे प्राणको बाजी राखेर जन्म दिन्छे सन्तान प्रति त्याग गर्छे सोचौ त आमा बिनाको मानव जीवन कल्पना पनि गर्न सकिदैन भने कोमल हृदय महिलाको नजाईज फाइदा लिएर आमालाई तिरस्कार नगर। त्यस्तै एउटा नेपाली पुरुषले कुनै विदेशीसँग बिबाह गर्दा उसको जीवनसाथी तथा सन्तान सोतह नेपाली नागरिक हुने तर नेपाली महिलाले त्यहिँ कुरा गर्दा १५ बर्ष पर्खनु पर्ने किन?
विभेदपूर्ण सोचले समानता ल्याउदैन महिलालाई कमजोर बनाएर देश बलियो हुदैन। यदि देश निर्माण गर्नु छ भने महिलालाई घर समाज र देश निर्माणका हरेक कृयाकलापमा सहभागिता गराउ र उनीहरु भित्र लुकेको क्षमता तथा शक्तिको सदुपयोग गरौ जसको लागि लैङ्गिक विभेदको अन्त गर्नु आजको सबिधानको आवश्यकता हो।
प्रतिक्रिया