शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:२७
वासिङटन डिसी 19:42

तिला नदीमा पौडी खेल्दा एक बालक बेपत्ता

इनेप्लिज २०७२ साउन ९ गते १६:२१ मा प्रकाशित

कालीकोट, ९ साउन । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने तिला नदीमा पौडी खेल्दा आज बिहान ११ बजे एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गेला गाविस–५ निवासी गोर्खबहादुर शाहीका १० वर्षीय छोरा दिनेश शाही रहेका छन् ।

वनमा बाख्रा चराउन आएको बेलामा तिला नदीको किनारमा पौडी खेल्दा बालक बेपत्ता भएको स्थानीयवासीलाई उद्धृत गर्दै दन्त तिरुवाले जनाएका छन् । उनका अनुसार बेपत्ता बालकको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया