शिक्षा नै राष्ट्र वा समाज विकासको मूलआधार: शिक्षा मन्त्री

इनेप्लिज २०७२ साउन ९ गते १६:२० मा प्रकाशित

Chitralekha-Yadav_20140608075412वीरगन्ज, ९ साउन । शिक्षा मन्त्री चित्रलेखा यादवले राष्ट्रिय विकासको मूलआधार शिक्षा भएकाले यसको विकासमा सिङ्गो समाज अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

“शिक्षा नै राष्ट्र वा समाज विकासको मूल आधार हो, त्यसैले शिक्षा सुधारमा समाज अग्रसर हुनुपर्दछ”– नृसिंह उच्च माध्यमिक विद्यालयको ६६औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि विद्यालयमा शिक्षण सिकाइ व्यवस्थित र प्रभावकारी हुनुपर्दछ ।”

मन्त्री यादवले नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पु¥याउने सरकारको प्रतिबद्धताअनुरुप शिक्षालाई राष्ट्रको विशेष प्राथमिकतामा राखिएको बताउँदै सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिभारा शिक्षकको काँधमा आएको बताउनुभयो ।

शौचालय, पुस्तकालय, प्रयोगशाला र स्वच्छ तथा स्वास्थ्य खानेपानीबिना अब विद्यालयको परिकल्पना पनि गर्नु हुँदैन भन्दै उहाँले स्वस्थ शैक्षिक जनशक्ति उत्पादनका लागि प्रत्येक विद्यालयमा कम्तीमा शौचालय र स्वच्छ तथा स्वस्थ खानेपानीको व्यवस्था अनिवार्य हुनुपर्र्ने बताउनुभयो ।

सभासद्द्वय सुरेन्द्रप्रसाद चौधरी र विचारी यादवले गरिबी, विपन्नता तथा विभिन्न खाले सामाजिक विकृति र विसंगतिवाट मुक्ति दिलाउने कार्यमा शिक्षा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै मुलुकको सामाजिक तथा आर्थिक समृद्धिका लागि गुणस्तरीय शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका वाणिज्यदूत जसवीर सिंहले नेपालको शिक्षा क्षेत्रको विकासका लागि भारत सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो ।

पूर्व सभासद् शम्भुहजरा पासवान, पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरे र विद्यालयका प्राचार्य हरेन्द्रप्रसाद कुर्मीले शिक्षाको विकास नै राष्ट्रिय विकास भएकाले शिक्षा क्षेत्रको विकासमा लाग्नु सबैको साझा दायित्व हो भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतोले शिक्षा ज्ञानको मुहान तथा विकासको सोपान हो भन्दै शिक्षा क्षेत्रको उन्नयनका लागि पार्टीगतभन्दा पनि शिक्षाको राजनीति गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मन्त्री यादवले यस विद्यालयबाट २०७१ सालको प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने र विशिष्ट श्रेणीमा उत्तीर्ण हुने छात्रछात्रालाई प्रंशसापत्रद्वारा सम्मान गर्नुका साथै बालविकास भवन निर्माणमा आर्थिक सहयोग प्रदान गर्ने समाजसेवीलाई सम्मान गर्नुभयो ।

दुईकोठे उक्त बाल विकास भवन करिब रु १३ लाख २९ हजारको लागतमा निर्माण भएको बताइएको छ ।

प्रतिक्रिया