सुझावलाई संविधानमा समावेश गर्नुपर्छ: उपसभापति पौडेल
काठमाडौँ, ९ साउन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जनताबाट आएका सुझावलाई संविधान निर्माणमा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पिछडा वर्ग महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले लोकतन्त्रमा सबैको अधिकार सुरक्षित गर्न सकिने हुँदा लोकतन्त्रलाई संस्थागत गर्न नागरिक अधिकारसहितको संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।
एनेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले विभिन्न राजनीतिक दलका भावनालाई सम्बोधन गर्नुपरेकाले मस्यौदा अपुरो रहेको विचार व्यक्त गर्दै जनताका सुझावले यसलाई परिमार्जित गर्ने बताउनुभयो ।
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले समाजमा आर्थिक, सामाजिक, राजनीतिकरुपमा पछाडि परेका तथा दलित र आदिवासी र जनतामा नपरेका पिछडा वर्गको भावनालाई सम्बोधन गरी उनीहरुलाई अधिकार प्रादन गर्न खाँचो रहेको औँल्याउनुभयो ।
नेपाली काँग्रेसका सभासद् सकलदेव सुतिहारले पिछडा वर्ग सामाजिक रुपले पछि परेको हुँदा सो सुमदायलाई राज्यको मूलधारमा ल्याउन विशेष व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पिछडा वर्ग महासङ्घका अध्यक्ष कौशलकुमार सिंह, नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष उपेन्द्र यादव, अधिकारकर्मी इन्दिरा साहलगायतले राष्ट्रिय पिछडा वर्ग आयोगको संवैधानिक रुपमा गठन गर्नुपर्नेमा जोड दिँदै उनीहरुलाई माथि उठाउन सामाजिक सुधार कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया