विद्युत् आयोजना भत्किएपछि जाजरकोट अन्धकार
जाजरकोट, ९ साउन । बिहीबारदेखि जाजरकोट सदरमुकाम खलङ्गा अन्धकारमय भएको छ । केन्द्रीय विद्युत् लाइनको पहुँच नभएको खलङ्गा बजारमा स्थानीय साङ्ट रिसाङ खोला लघु जलविद्युत् आयोजनाको कुलो भत्किएपछि अनिश्चितकालका लागि अन्धकारमय भएको हो ।
विद्युत् सेवा बन्द भएपछि खलङ्गाका सरकारी कार्यालयको काम कारबाहीमा समेत असर परेको छ । साउन २० गतेदेखि सुुरु हुने एसएलसी पूरक परीक्षाको तयारीमा रहेका विद्यार्थीसमेत बिजुली नहुँदा मर्कामा परेका छन् ।
सरकारी कार्यालयवाट विभिन्न सेवा लिन आएकाहरू पनि विद्युत् अभावमा सहज सुविधा पाउनबाट वञ्चित भएको स्थानीयवासीले बताएका छन् ।
त्यस्तै बिजुली नभएका कारण आफूहरूले महँगोमा मैनबत्ती र मट्टीतेल किनेर पढाइको जोहो गर्नुपरेको विजय मावि छिप्रेनाबाट एसएलसी पूरकको तयारी गरिरहेकी छात्रा जेनिसा शाहीले बताइन् ।
वर्षात्का कारण पहिरोले आयोजनाको कुलो भत्किएपछि बिजुली बन्द भएको आयोजनाका अध्यक्ष लीलाबहादुर शाहले बताउनुभयो । उहाँका अनुसार माथिबाट आएको पहिरोले ५० मिटर लम्बाइ कुलो भत्किएपछि विद्युत् सेवा बन्द भएको हो ।
कुलो भत्किएको अवस्था हेर्दा बिजुली कहिलेसम्म बल्छ भनेर भन्न सकिने अवस्था नरहेको शाहले बताउनुभयो । स्थानीय जनता, गरिबी निवारण कोष, जिल्ला विकास समिति र अन्य निकायको रु तीन करोडको लागतमा निर्माण भएको उक्त आयोजनाले सदरमुकाम खलङ्गाका एक हजार २०० बढी घरधुरीलाई सेवा दिएको भनिए पनि विद्युत् सेवा गुणस्तरीय नभएको स्थानीयवासीको गुनासो छ ।
बर्सेनि आयोजनाको कुलो तथा अन्य सामग्रीको मर्मतका लागि बजेटको व्यवस्था भए पनि गतिलो काम नभएका कारण बर्सेनि कुलो भत्किने समस्याले विद्युत् आपूर्तिमा समस्या परेको छ ।
यस वर्ष दुर्गम क्षेत्र विकास समिति र अन्य निकायबाट रु २३ लाख रकम कुलो मर्मत तथा अन्य कामका लागि आए पनि काम गतिलो नभएका कारण भर्खरै बनेको कुलो भत्किएर खलङ्गा अन्धकारमय भएको हो ।
उनान्सय किलोवाट क्षमता भएको आयोजना भनिए पनि वर्षात्मा समेत ७० किलोवाट पनि उत्पादन नहुँदा सदरमुकामवासीले विद्युत्को समस्याबाट ठूलो सास्ती भोग्ने गरेका छन् ।
आयोजनाको भरपर्दाे सञ्चालन र मर्मतका लागि सरकारी निकायबाट पर्याप्त बजेट र ध्यान नगएको आयोजनाका अध्यक्ष शाहको गुनासो छ । भौगोलिक कठिनाइ र समस्याका कारण बर्सेनि प्राप्त हुने बजेट पर्याप्त नभएका कारण विद्युत् नियमित बनाउन नसकिएको उहाँले वताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया