यार्सा टिपेर घर फर्कँदै गरेका बिरामीको चाप

इनेप्लिज २०७२ साउन ९ गते १०:५५ मा प्रकाशित

yarsa-540x250डोल्पा (त्रिपुराकोट), ९ साउन । यार्सा टिप्ने याम सकिएलगत्तै डोल्पा अस्पतालमा बिरामीको चाप बढेको छ ।

अहिले अस्पतालमा दिनहुँ ५० देखि ८० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका डा सुबी बस्न्यातले बताउनुभयो । यसअघि दैनिक २० देखि २५ मात्र बिरामी आउने गर्थे ।

उपचारका लागि आउनेमा यार्सा टिप्ने याम सकिएलगत्तै यार्सा टिपेर घर फर्कँदै गरेकाहरु छन् । विशेष गरेर निमोनिया, झाडापखाला, रुघाखोकीलगायत रोगका बिरामी धेरै आउने गरेको डा निरेश थापाले बताउनुभयो । यार्सा पाइने पाटनमा खाना तथा पानीको असन्तुलन तथा अत्यधिक चिसोले गर्दा त्यस्तो समस्या देखिएको बताइएको छ ।

प्रतिक्रिया