शुक्रबार, असार ४ २०७८
काठमाडौं ०६:२४
वासिङटन डिसी 20:39

सङ्घीयतासहितको संविधान ल्याऔँः महतो

इनेप्लिज २०७२ साउन ९ गते ९:०६ मा प्रकाशित

rajendra mahatoलुम्बिनी (रुपन्देही), ९ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सङ्घीयताबिनाको संविधान आए मधेसी जनताले स्वीकार नगर्ने बताउनुभएको छ ।

सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतोले ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन तथा अन्य आन्दोलनको मर्म तथा भावना सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण गर्ने भएकाले सङ्घीयताबिनाको संविधान आए अपुरो हुने जिकिर गर्नुभयो ।

उहाँले प्रस्तावित संविधानको प्रस्तावनामा मधेस आन्दोलनलाई कहीँ कतै उल्लेख नगरिएको बताउँदै सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई अपरिवर्तनीय धाराका रुपमा संविधानमा राख्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया