सोमबार, असार ७ २०७८
काठमाडौं ०३:००
वासिङटन डिसी 17:15

अवैध सामग्रीको कारोबार गर्ने पक्राउ

इनेप्लिज २०७२ साउन ८ गते १४:२३ मा प्रकाशित

pakraauकाठमाडौँ, ८ साउन । महानगरीय अपराध महाशाखाले लागुऔषध अफिमको कारोबार गर्ने विशाल गुरुङ र मञ्जु तामाङलाई आज पक्राउ गरेको छ ।

दैलेख स्थायी घर भएका २० वर्षीय गुरुङ तथा २९ वर्षीय तामाङलाई सुनधराबाट सात केजी ३० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरिएको हो । अपराध महाशाखाको विशेष प्रहरी समूहले उनीहरुलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

महाशाखाले आजै कालीकोटका ३० वर्षीय बालकृष्ण सिंह र सुर्खेतका २८ वर्षीय बलबहादुर विकलाई सुनधराबाट करिब ३० ग्राम कस्तुरीको बिनासहित पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया