बृक्षारोपण सम्पन्न
रत्ननगर, ८ साउन
पूर्वी चितवनको रत्ननगर १० मा रहेको पञ्चकन्या सामुदायिक बनमा बृक्षारोपण गरिएको छ । शान्तिकुञ्ज सामाजिक महिला उद्यमी संस्था सालघारीको आयोजनामा बृक्षारोपण गरिएको हो । महिला उद्यमी संस्थाका अध्यक्ष पार्वती न्यौपानेको नेतृत्वमा भएको बृक्षारोपण कार्यक्रममा सामुदायिक बनका अध्यक्ष रामबाबु श्रेष्ठ, उपाध्यक्ष कृष्ण बगाले, दुर्गा बराल, गोमा भण्डारी पबित्रा न्यौपाने, शर्मिला बगाले, हेमलाल बराल लगायतले बोल्नुभएको थियो ।
बृक्षारोपण कार्यक्रममा सालघारी टोल र कृष्णमन्दीर टोलका सयौँ महिलाहरुको सहभागिता रहेको थियो । पञ्चकन्या सामुदायिक बनको खाली रहेको चउरमा जिल्ला बन कार्यालयले उपलब्ध गराएको जामुन, सिसौ, शिरिष, लगायतका बिरुवा रोपिएको थियो । यसैगरी बनक्षेत्रको खाली जग्गामा क्रमश बृक्षारोपण गर्दै बनको हैसियत बृद्धि गर्ने र हरियाली बढाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया