डोल्पाका अधिकांश महिलामा पाठेघरको समस्या
इनेप्लिज
२०७२ साउन ८ गते २:४८ मा प्रकाशित
त्रिपुराकोट (डोल्पा), ८ साउन । डोल्पाका अधिकांश महिलामा पाठेघरको समस्या देखिएका छन् ।
दैनिक जिल्ला अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशत पाठेघरका समस्या भएका आउने गरेको विशेषज्ञ चिकित्सक निरेश थापाले बताउनुभयो । उहाँका अनुसार अस्पताल आउने बिरामीमध्ये अधिकांश सेतोपानी बग्ने, पाठेघर खस्नेलगायत समस्या भएका आउने गरिएका छन् ।
सानै उमेरमा बिहे गर्ने तथा कम उमेरमै धेरै बच्चा जन्माउने कारणले यस्तो समस्या आएको उहाँको भनाइ छ । यस्तो समस्यालाई कम गर्न जिल्लाका ग्रामीण भेगसम्म चेतना फैलाउने किसिमका कार्यक्रम गर्नुका साथै बेलाबेलामा निःशुल्क स्वास्थ्य जाँचका लागि सरकारले स्वास्थ्य शिविरको व्यवस्था गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया