म बितेका कुरामा फर्कन चाहन्न: नम्रता श्रेष्ठ, नायिका (अन्तरवार्ता)

इनेप्लिज २०७२ साउन ७ गते १४:३५ मा प्रकाशित

jn-335x232अभिनेत्री नम्रता श्रेष्ठले ‘सानो संसार’बाट चलचित्र जगतको पर्दा उघारिन् । त्यसपछि जीवनको बिभिन्न उतारचढाव बेहोर्दै नेपाली फिल्म उद्योगमा क्रियटिभ र ब्युटीफुल अभिनेत्रीको छाप छोड्न सफल भएकी छिन्, उनले । ‘सानोसंसार’, ‘मेरो एउटा साथी छ’, ‘मौन’, ‘नोभम्वर रेन’, ‘मेगा’, ‘मिस यू’ लगायत एक दर्जनभन्दा बढी फिल्ममा देखिएकी उनै नम्रता श्रेष्ठको अन्तरकुन्तर खोतल्ले प्रयास गरेका छन् दैनिक नेपालका विश्वास खड्काथोकीलेः

यहाँसम्म आउँदा जीवन के रहेछ जस्तो लाग्यो ?

जीवन भनेको अनुभव हो । तपाईँ यसलाई जति बुझ्न खोज्नुहुन्छ, त्यति ‘भास्ट’मा जानुहुन्छ । सबै मानिसको ‘प्रसेप्सन’ एउटै हुँदैन । जीवनबाट खासमा ‘एक्जिस्ट’ गर्ने होइन भन्ने कुरा सिकेँ । जीवन आफैमा सुन्दर छ, तर तपाईँ कसरी बाँच्नुहुन्छ त्यसमा निर्भर रहन्छ ।

तपाईँलाई मानिसहरुले साहसी महिलाको उपमा दिन्छन्, कत्तिको साहसी हुनुहुन्छ ?

त्यो भनेको अरुले दिएको ‘टाइटल’ हो । म के हो र के गर्नुपर्छ भन्नेमा चाँहि म ‘क्लीयर’ हुनैपर्नेछ । मेरो बिजनेश पनि छ । दुइ–तीनवटा कुरामा म लागिरहेकी छु । कसैले साहसी भन्यो भनेर म दंग पर्ने मान्छे होइन । मेरो केही लक्ष्यहरु छन् । मलाई धेरै कुरा गर्नुछ । मेरो लक्ष्य भेटाउन लागिरहन्छु । त्यो क्रममा के–के टाइटल पाउँछु, मलाई थाहा छैन ।

पहिलो त मलाई फिल्म खेल्नमै रुचि थिएन । चाइल्ड साइकोलोजिस्ट बन्ने चाहना थियो । त्यसका लागि अमेरिका जाने तयारीमा थिएँ ।

 

के हो त तपाईँको त्यो लक्ष्य ?

अहिलेको ‘कन्टेस्ट’मा नेपाललाई ‘पोजिटिभ्ली’ लाने हो । भूकम्पपछि सबैजना ‘मेन्टल्ली डिभास्टर’ भएका छन् । सबैजना ‘मेन्टल्ली स्टेबल’ होस् भन्नका लागि मैले भूमिका खेल्नेछु । कलाकारितामा पनि मैले ‘बेस्ट’ काम गर्नुछ । दर्शकलाई कसरी इन्टरटेन गर्ने, कसरी बेस्ट काम दिने भन्नेमा लागिरहन्छु । मेरो आफ्नै प्रडक्सन हाउस छ । त्यसैले मैले राम्रो फिल्म प्रोड्युज गर्नु छ । धेरै काम गर्नु छ ।

namrata-shrestha2

सामाजिक काममा पनि सक्रिय हुन्छु भन्न खोज्नुभएको हो ?

पहिलेदेखिनै थिएँ । भोलि पनि हुनेछु । म बसेको ठाउँ नै बलियो भएन भने, म मात्र बलियो भएर केही काम छैन ।

जीवनमा धेरै उतारचढाबहरु बेहोर्नु भयो है ?

त्यो त सबैको जीवनमा हुन्छ । कतिको जीवनमा देखिन्छ, कतिको देखिँदैन ।

यसै बर्ष २९ औं जन्म दिन मनाउनु भयो, आफैलाई फर्केर हेर्दा कस्तो लाग्छ ?

मेरो जीवनमा घटेका सबै घटनाहरुले मलाई खुसी बनाउँछन् । हिजोका हरेक चीजले, आजकी नम्रता भएकी छु । पछाडि फर्कदा कुनै दुःख लाग्दैन । किनकी विगतका सबै कुरालाई पोजेटिभ रुपमा लिएकी छु । मैले धेरै गर्नु छ । अगाडि बढ्नु छ ।

namrata-shrestha3

तपाईँलाई स्वास्थ्यले पनि अलि साथ दिएन ?

नर्मल्ली बिरामी त जो पनि भैराख्छ । एकचोटी टाईफाइड र अर्कोपटक किड्नीमा पत्थरी भएको हो । त्यतिबेला सल्यक्रिया गर्नुप¥यो, त्यो पनि सामान्य । त्यतिबेला पनि म फिल्म सुटिङ गरिरहेकै थिएँ ।

तपाईँले नाटकमा पनि अभिनय गर्नु भएको थियो, साहित्यमा पनि रुची छ, हो ?

मेरो पहिलेदेखिनै साहित्यमा रुचि थियो । सानोमा कविताहरु लेख्थेँ । दुईवटा जति स्क्रिप्ट लेखेकी छु ।

तपाईँको बारेमा उपन्यास पनि आउँदै रहेछ ?

मलाई एक पटक फोन आएको थियो, उपन्यास लेख्दैछु भनेर । तर, उहाँले पहिले नै लेख्न सुरु गरिसक्नु भएको रहेछ । मलाई सोधेर गरेको भए अझ राम्रो हुन्थ्यो होला । अर्को कुरा म बायोग्राफी लेख्ने अवस्थामा पुगेकी पनि छैन । उपन्यासको कथा पठाएको छु भन्नुहुन्थ्यो । त्यो पढेपछि यसबारे कुरा गरौँला ।

तपाईँको रेष्टुरेन्ट पनि छ, फिल्मले मात्र जीवन चल्दो रहेनछ ?

होइन । मेरो करिअर राम्रै हुँदा मैले रेष्टुरेण्ट शुरु गरेकी हुँ । केही साथीहरुले गरौँ न भनेपछि सुरु गरेका हौँ । यो मेरो पर्सनल इन्ट्रेस्टको कुरा हो । खासमा वर्षमा एक दुईवटा फिल्म खेल्छु भनेर आएको थिएँ । पहिलो त मलाई फिल्म खेल्नमै रुचि थिएन ।

namrata-shrestha1

सामाजिक काममा पहिलेदेखिनै सक्रिय थिएँ । भोलि पनि हुनेछु । म बसेको ठाउँ नै बलियो भएन भने, म मात्र बलियो भएर केही काम छैन ।

उसो भए के मा रुचि थियो त ?

चाइल्ड साइकोलोजिस्ट बन्ने चाहना थियो । त्यसका लागि अमेरिका जाने तयारीमा थिएँ । त्यतिबेलै ‘सानो संसार’ फिल्मको अडिसनमा गएँ र, छानिएँ । अडिसनपछि जति पनि भेटे, उहाँहरु सबै पोजेटिभ हुनुहुन्थ्यो । मैले जे सोंचेको थिएँ त्यो भन्दा फरक पाएँ । फिल्म क्षेत्रबारे यतिधेरै नेगेटिभ कुराहरु हुन्छ कि, फिल्म क्षेत्रको बारेमा नजोडिएका मानिसहरु यो फिल्डमै आउनै डराउँछन् । मैले सानो संसारमा धेरै मेहनत गरेँ, त्यसपछि राम्रो फिल्म दिन सक्छु भन्ने अनुभूति भयो ।

अहिले त फिल्मकै लागि जन्मिएकी हुँ भन्ने लाग्छ होला !

अहिले होइन, मलाई अस्तिनै लागिसकेको थियो । त्यसैले नै निरन्तरता दिएकी हुँ । मैले गरेपछि मेरो जेनेरेशनका मानिसहरु आउन थाले । मलाई पनि इन्ट्रेस्टिङ लाग्यो । पुराना कलाकारहरुले बनाइदिएको डेक्समार्कलाई निरन्तरता दिएर अगाडि लाने काम हाम्रो हो । यो क्षत्रलाई अझै बेटर, बिगर बनाउने इच्छा छ ।

नेपालमा एउटा क्रियटिभ अभिनेत्रीको छबि स्थापित गरिसक्नु भएको छ । देखेर सिक्नुभो कि भोगेर सिक्नुभो वा प्रशिक्षण लिएर ?

केही म्युजिक भिडियोहरुमा अभिनय गरेपनि म फिल्म एक्टर थिइन । मलाई फिल्मसम्बन्धी केही आउने थिएन । सानो संसारमा काम गर्ने कर्मा गुरुकुलबाट आउनुभएको थियो, विनय दा मुम्बइमा अभिनय सिकेर आउनुभएको थियो । उहाँहरुसँग काम गर्दा मेहनत गर्नु पर्दथ्यो । निकै मेहनत गरेँ । आलोक (स्व.आलोक नेम्वाङ) दाईले गाइड गर्नुभयो । त्यपछि मेरो ‘एउटा साथी छ’ को सुटिङ निकै लामो भयो । त्यतिबेला आर्यनलाई भेटेँ । जति पनि मान्छेहरु भेटेँ, सबै पोजटिभ भेटेँ । अडियन्सहरुले पनि आर्यन र मेरो जोडीलाई निकै रुचाउँछन् । त्यसैले उहाँसँग ‘क्लासिक’ फिल्म गर्दैछु । मैले स्क्रिप्ट हेर्छु, मनैदेखि क्यारेक्टरलाई निभाउन सक्ने भए मात्र प्याकअप गर्छु । कुनै टे«निङ लिएकी छैन । एक पटक भारतीय कलाकार नशिरुद्धिन शाह नेपाल आउनुभएको थियो । त्यतिबेला १० दिनको ट्रेनिङ लिएकी थिएँ ।

‘मौन’ जस्तो फिल्ममा पनि अभिनय गर्नु भो, जहिले पनि केही फरक गर्ने चाहना राख्नुहुन्छ हो ?

मैले फिल्मलाई एक्प्रीमेन्टको रुपमा लिन्छु । फिल्म गरेपछि त्यसवाट केही सिकुँ भन्ने लाग्छ । ‘मौन’ फिल्म गर्दा एक महिनासम्म सांकेतिक भाषा सिकेकी थिएँ । हो, फरक गर्न चाहन्छु ।

नेपाली फिल्मक्षेत्र भद्रगोल छ भनिन्छ नि !

यहाँ बसेर मैले कुरा गर्न मिल्दैन । भित्र के सिस्टम छ त्यो मलाई थाहा छैन । राम्रो काम गर्नेहरु गरिरहेका छन् । तपाईँ खुशी भएर बाँच्न खोज्नुहुन्छ की सुखी भएर त्यसमा पनि भर पर्ला । तपाई पोजटिभ्ली अगाडि बढ्न चाहनुहुन्छ भने तपाईँलाई पोजटिभ मान्छेहरुको साथ रहन्छ । अवसर पनि आउँछ । त्यसपछि तपाईँलाई अर्को नेगेटिभ कुराबारे थाहा पनि हुँदैन । भद्रगोलको बारेमा थाहा छैन । जुनजुन मान्छेहरुसँग काम गरिरहेकी छु, राम्रै भैरहेको छ । सबै जना इन्डस्ट्रीलाई बनउने भनेरै लागिरहनुभएको छ ।

तपाईँ त पारिश्रमिकको रुपमा ‘कपीराइट’ लिनुहुन्छ रे, हैन ?

मैले काम गरेपछि त्यसको पारिश्रमिक पाउनुपर्छ । मैले काम गर्दा डिभोटेड भएर काम गर्छु । एउटा फिल्म नसक्काई अर्को गर्दिन । म प्रोफेसन मान्छे हुँ । मलाई आलोक दाईले सिकाउनुभएको थियो, ‘कामको पारिश्रमिक जसरी पनि लिनुपर्छ ।’ मैले डिमाण्ड गर्छु । कसैले एसेप्ट गर्नुहुन्छ, कसैले नेगोसियट । मैले सर्टेन साइनिङ एमाउण्ट लिन्छु, अनि बाहिर कुनै एउटा देशको कपिराइट लिन्छु ।

दैनीक नेपाल बाट

प्रतिक्रिया