दोलखाका बालबालिकामा कुपोषण देखियो

इनेप्लिज २०७२ साउन ६ गते १४:२९ मा प्रकाशित

kuposhan1चरिकोट (दोलखा), ६ साउन । यस जिल्लाका बालबालिका र गर्भवती महिलालाई कुपोषणले सताउन थालेको छ । भूकम्पले सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको र उनीहरुको स्वास्थ्यमा असर पारेको सरोकारवालाको भनाइ छ ।

दोलखाका बोच, फस्कु, नाम्दु, खोपाचागु, पवटी, सुनखानी, मैलुङ, दोलखा बजार, जफे, मागापौवा चरिकोट बजारलगायत क्षेत्रहरुका बालबालिकामा कुपोषणको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले बताउनुभयो ।

करिब छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका र महिलाका गरी झण्डै चारसय जनामा यो रोग देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले गाविस–गाविसमा गई बालबालिका र महिलाको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा कुपोषण देखिएको डा सापकोटाले बताउनुभयो । भूकम्पपछि उचित स्याहार र पोषणयुक्त खानाबाट वञ्चित भएपछि बालबालिकामा कुपोषणको समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

बालिबालिका र महिलामा कुपोषणको समस्या देखिएपछि कार्यालयले विषेश कार्यक्रम सञ्चालन गरेर निःशुल्क उपचार, निःशुल्क पोषणयुक्त खानाको व्यवस्था, सुक्ष्म पोषकतत्व, सुत्केरी स्याहार सुसार, पाल प्रदानलगायतका सेवा प्रदान गरिएको कार्यालय प्रमुख डा सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया