काठमाडौ, ६ साउन पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको प्रारम्भिक मस्यौदामा जनता जनताले दिएका सुझा समेट्नु पर्ने बताएका छन । बसन्तपुर क्षेत्रमा रहेको ‘सानो पशुपति’ नामले चिनिने महादेव मन्दिरमा पूजाअर्चना गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने–जनताले पनि त्यही चाहेका छन् र हामीले पनि त्यही खोजेका छौं ।
ज्ञानेन्द्रले कसैलाई काखा ल्याउने, कसैलाई पाखा पार्ने त्यस्तो कुरा कहीँबाट पनि हुनु नहुने स्पष्ट पार्दै सबैको कुरा समेटिएको व्यवहारिक ढंगले केही न केही अर्को मस्यौदा आओस् भन्ने हाम्रो चाहना र सबै नेताहरुलाई आग्रह गरे ।
प्रतिक्रिया