चतुर्मासमा सहभागी हुन विदेशी पर्यटक आउने

इनेप्लिज २०७२ साउन ६ गते २:४५ मा प्रकाशित

default.aspxपथरी (मोरङ), ६ साउन । विराटनगरमा आजदेखि सुरु हुने जैन धर्मावलम्बीको पर्व चातुर्मासमा सहभागी हुन विभिन्न देशबाट धार्मिक पर्यटक आउने भएका छन् ।

जैन तेरापन्थ सभाका संयोजक मालचन्द सुरानाका अनुसार चार्तुमासमा सहभागी हुन अमेरिका, अस्ट्रेलिया, क्यानडा, भुटान, बङ्गलादेश, भारत, रुसलगायत देशबाट जैन धर्मावलम्बीको सहभागिता रहनेछ ।

चातुर्मास आयोजक समिति सदस्य राकेश सुरानाका अनुसार १० लाख पर्यटकको व्यवस्थापनका तथा आवासका लागि ६०० टहरा निर्माण भइसकेको जानकारी दिँदै आवासका लागि ५० हजार विदेशी पर्यटकले आवास स्थान बुकिङ गरिसकेको छ ।

जैनधर्मका मुख्य गुरु आचार्य महाश्रवण चातुर्मासका लागि आज विराटनगर आइपुग्नुभएको छ । चार महिनासम्म चल्ने चातुर्मासमा गुरु महाश्रवणले धार्मिक प्रवचन दिनुका साथै नसा मुक्त समाज अभियानको थालनी गर्नुहुने आयोजकले बताएको छ ।

प्रतिक्रिया