पन्ध्र करोड बाइस लाख भत्ता वितरण
इलाम, ६ साउन । जिल्ला विकास समिति इलामले गत वर्ष सामाजिक सुरक्षा भत्ताबापत रु १५ करोड २२ लाख वितरण गरेको छ ।
जिविसले पहिलो चौमासिकमा रु चार करोड ३१ लाख ६३ हजार ७५३, दोस्रो चौमासिकमा रु छ करोड ३२ लाख ४१ हजार २४१ र तेस्रो चौमासिकमा रु चार करोड ५९ लाख एक हजार सामाजिक सुरक्षाभत्ता वितरण गरेको सामाजिक सुरक्षा शाखाका प्रमुख रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा नौ हजार २३ ज्येष्ठ नागरिक, एक हजार ६८ ज्येष्ठ दलित, दुई हजार १४८ एकल महिला, दुई हजार ५१७ एकल विधवा, तीन हजार २०७ लोपोन्मुख आदिवासी जनजाति, २३० पूर्ण अपाङ्ग, ३७७ अति र आंशिक अपाङ्ग तथा ७६४ जना विपन्न दलित बालबालिका रहेको सो शाखाले जनाएको छ ।
जिविसले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, विधवालाई मासिक रु ५००, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अपाङ्गलाई रु एक हजार, अति र आंशिक अपाङ्गलाई रु ३०० र विपन्न बालबालिकालाई रु २०० का दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया