इद उल फित्र पर्व देशभर खुसियालीसाथ मनाइयो
काठमाडौं, ३ साउन । मुस्लिम धर्मावलम्बीको पवित्र एकमहिने ‘रमादान’ पर्व (रोजा) व्रत पूरा भएको खुसियालीमा आज देशभर इद उल फित्र मनाइएको छ ।
कठिन व्रतका रूपमा लिइने यो व्रत हिजो बिहान ३ः३५ बजेदेखि सुरु भई साँझ ७ः०५ बजेसम्म निराहार रहनुपर्ने धार्मिक मान्यता रहेको नेपाली जामे मस्जिदका अध्यक्ष अमर अलि फरिद खानले जानकारी दिनुभयो । “व्रतका अवसरमा हिजो विभिन्न इस्लामिक धर्मग्रन्थ पाठ गरेर बस्ने हाम्रो धार्मिक मान्यता रही आएको छ”– उहाँले भन्नुभयो ।
हिजोका दिन नराम्रा काम गर्न नहुने र नराम्रा कुरा सुन्न तथा हेर्नसमेत नहुने कडा नियम रहेको उहाँले बताउनुभयो ।
‘रोजा’ व्रत हिजो सम्पन्न भएकाले त्यसको खुसियालीमा मुसलमान समुदायले आज इद उल फित्र मनाउन सार्वजनिक बिदा दिएको मस्जिदका सल्लाहकार समिम अन्सारीले जानकारी दिनुुभयो । रमादान महिनाभर गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने कामना गरिन्छ । यसका लागि अल्लाहले रम दान पर्वको इस्लाम धर्ममा विशेष व्यवस्था गरेको मानिन्छ ।
शुक्रबार राति चन्द्रमा देखिएपछि शनिबार ब्रत गरी बिहान साढे आठ बजे व्रत सम्पन्न गरेपछि आफन्तकहाँ सेवई खान जाने प्रचलन रहेको मस्जिद समितिले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया