जलेको ४० दिनपछि महिलाको मृत्यु
इनेप्लिज
२०७२ साउन ३ गते १४:४२ मा प्रकाशित
बागलुङ (बलेवा), ३ साउन । जलेर गम्भीर घाइते भएकी यहाँकी एक महिलाको उपचारको क्रममा काठमाडौंमा निधन भएको छ । बागलुङ नगरपालिका–१ की नानु थापाको उपचारका क्रममा काठमाडौंको ग्लोवल अस्पतालमा गएराति निधन भएको हो ।
गत जेठ २३ शरिरमा आगो लागेकी थापाको बागलुङ र पोखरामा उपचार हुन् नसकेपछि काठमाडौं लगिएको थियो । घाइते थापाको शरिरको बाहिरी भाग करिब ९० प्रतिशत जलेको चिकित्सकले बताएका छन् ।
हत्या गर्ने उद्देश्यले आगो लगाएको भन्दैे छानबिनका लागि प्रहरी समक्ष उजुरी दिएको थापाका दाजु रामबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार थापाको शरिरमा स्प्रिड छिर्किएर आगो लगाइएको थियो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरी नायब उपरीक्ष प्रेमबहादुर बस्नेतले भन्नुभयो ‘आगो लागेर मृत्यु भएकी थापाको विषयमा अनुसन्धान भइरहेको छ ।’
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया