शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:२३
वासिङटन डिसी 15:38

तीन क्विन्टल चरेस बरामद

इनेप्लिज २०७२ साउन ३ गते १४:४० मा प्रकाशित

Chares-brown-sugerहेटौँडा, ३ साउन । मकवानपुरको पश्चिम भेगमा पर्ने आग्रा गाविस–१ स्थित आग्रामा स्थानीय एक व्यक्तिको घरबाट ना४ख ४८६२ नम्बरको भ्यानमा राख्न लागेको २९२ केजी प्रशोधित चरेस प्रहरीले आज दिउँसो बरामद गरेको छ ।

सो भ्यानका चालक र सहचालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विशेष सुराकीको आधारमा प्रहरीले सो परिमाणमा चरेस नियन्त्रणमा लिएको हो । बरामद गरिएको चरेसको मूल्य करिब रु एक करोड पर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया