शुक्रबार, असार १७ २०७९
काठमाडौं ००:३५
वासिङटन डिसी 14:50

करेन्ट लागेर एक युवकको मृत्यु

इनेप्लिज २०७२ साउन ३ गते १४:३८ मा प्रकाशित

ElectricalSafety-300x254कलैया, ३ साउन । करेन्ट लागेर बारा महागढीमाई नगरपालिका–८ मा आज एक युवकको मृत्यु भएको छ ।

वीरयापुर बस्ने २४ वर्षीय असलम मीया नेटुवाको दिउँसो अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

सोही स्थान बस्ने रामबाबु साहको निर्माण गरिएको घरमा प्लास्टर गरिरहेको अवस्थामा उनलाई करेन्ट लागेको थियो ।

प्रतिक्रिया