कालीगण्डकी लोकमार्गको फलेवास–रानीपानी खण्ड अवरुद्ध
फलेवास (पर्वत), ३ साउन । निरन्तरको वर्षाका कारण जिल्लाको दक्षिणमा पर्ने रानीपानीलाई जोड्ने कालीगण्डकी लोकमार्गको फलेवासदेखि रानीपानीसम्मको सडकखण्ड अवरुद्ध भएको छ ।
वर्षाले सडक हिलाम्मे हुनाका साथै ठाउँ ठाउँमा पहिरो खसेको छ । यातयात अवरुद्ध भएपछिसदरमुकाम दैनिक जाने आउने यात्रु अलपत्र परेका छन् । वर्षाअघि कुश्मादेखि फलेवास, पाङ्ग्राङ, बराचौर हुँदै रानीपानीसम्म नियमित बस सेवा सञ्चालन हुँदै आएको थियो ।
गाडीमा तीन÷चार घन्टामा सदरमुकाम आउने मानिस अहिले दिनभर पैदल यात्रा गरेर सदरमुकाम आउने गरेका छन् । फलेवासदेखि रानीपानीसम्मको सडक ठप्प भएपछि दैनिक उपभोग्य सामानको अभाव हुन सक्ने सङ्केत देखिएको छ ।
सदरमुकाम आउन जानका लागि जिल्लाका एक दर्जनभन्दा बढी गाविसका मानिसले उक्त बाटो प्रयोग गर्छन् । कालीगण्डकी लोकमार्गको फलेवासदेखि मिर्मीसम्मको सडकखण्ड असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने भनिए पनि अझै सञ्चालनमा आएको छैन ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया