हत्या आरोपमा पक्राउ
भक्तपुर, ३ साउन । महानगरीय प्रहरी वृत्त थिमिले हत्या आरोपमा एक युवक र एक युवतीलाई पक्राउ गरेको छ ।
प्रहरीले सिरहा मनोहर गाविस गोलबजार घर भई अनन्तलिङ्गेश्वर नगरपालिका–५ स्थित पाथीभरा ब्याग उद्योगमा कार्यरत १९ वर्षीय जाविर अन्सारी र सुनसरी इनरुवा–७ घर भई काठमाडौँ महानगरपालिका–७ कालोपुल बस्ने मेनुका चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीले दुवै जनालाई जाविरकी पत्नी सहजारी खातुनको हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । खातुनको शव शुक्रबार अनन्तलिङ्गेश्वर नपा–५ बालकोटस्थित रोज भिलेज हाउजिङको नजिक फेला परेको थियो ।
अनुसन्धानका क्रममा अपराध महाशाखाबाट थिमि वृत्तमा खटिआएका प्रहरी सहायक निरीक्षक कपिल श्रेष्ठ नेतृत्वको प्रहरी जवानद्वय रानशलाल श्रेष्ठ र रामकुमारी कार्कीसहितको टोलीले छ घन्टाको प्रयासमा अन्सारी र चौधरीलाई कालोपुलस्थित चौधरीको डेराबाट पक्राउ गरेको हो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया