सोमबार, जेठ २ २०७९
काठमाडौं २०:२०
वासिङटन डिसी 10:35

जिशिका जुम्लाद्वारा २४ लाख भूकम्पपीडितलाई

इनेप्लिज २०७२ साउन ३ गते १:२७ मा प्रकाशित

jumla_nepal-mapजुम्ला, ३ साउन । जिल्ला शिक्षा कार्यालय जुम्लाले भूकम्पपीडितका लागि रु २४ लाख राहत सहयोग गरेको छ ।

आव वर्ष थालनीको पहिलो दिन निमावि र माविका प्रधानाध्यापकको बैठक तथा अन्तक्र्रिया कार्यक्रममा सहयोग रकम सार्वजनिक गरिएको हो । जिल्ला शिक्षा कार्यालय जुम्ला मातहतका ५८० शुद्ध दरबन्दी र १५९ राहत दरबन्दी तथा कार्यालयका कर्मचारीबाट सङ्कलितरु २४ लाख ३६ हजार ५०० प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको बैंक भौचर जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी र जिल्लास्थित पेसागत सङ्गठनका प्रमुखद्वारा संयुक्त रुपमा प्रजिअ दीपेन्द्रराज पौडेलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया