भीमदत्तनगर, २ साउन । कञ्चनपुरको भीमदत्तनगरबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट एक महिलाको आज मृत्यु भएको छ ।
महाकाली यातायात बस व्यवसायी समितिको ना ५ ख ५११६ नम्बरको बसले कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ की ५० वर्षीय भागादेवी ऐरलाई ठक्कर दिएको थियो ।
झलारीपिपलाडी नगरपालिकाको कलुवार नजिकै सडक किनारामा पैदल हिंडिरहेकी ऐरलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया