सक्रिय भएर सुझाव राख्न सभासद्को आग्रह
तुलसीपुर (दाङ), २ साउन । संविधानमा आफ्ना अधिकारलाई सुनिश्चित गराउन सबै सक्रिय भएर सुझाव राख्न जिल्लाबाट प्रनिनिधित्व गर्ने सभासद्हरूले यहाँका नागरिकहरूलाई आग्रह गर्नुभएको छ ।
संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव उपसमिति दाङले आज घोराहीमा गरेको छलफल कार्यक्रममा सभासद्हरूले सो आग्रह गर्नुभएको हो ।
कार्यक्रममा सभासद् दीपक गिरिले प्रारम्भिक मस्यौदामाथिको छलफल र सुझाव सङ्कलन गर्ने मौका भएको भन्दै खुुलेर आफ्ना सुझाव राख्न नागरिकलाई आह्वान गर्नुभयो ।
उहाँले संविधान निर्माणका विषयमा मौखिक वा लिखितरुपमा सुझाव दिन सकिने बताउनुभयो ।
अर्का सभासद् युवराज ज्ञवालीले जनताकै सहभागितामा अहिलेको संविधान बन्न लागेको भन्दै मस्यौदामा खुलेर सुझाव दिन आग्रह गर्नुभयो ।
सभासद् राजु खनालले सबै जाति, वर्ग र समुदायको अधिकार सम्पन्न संविधान बनाउन आफूहरू सक्रिय रहेको भन्दै मस्यौदामाथि सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीले समावेसी, अधिकार सम्पन्न संविधान ल्याउन सभासद्हरूलाई आग्रह गरेका थिए ।
जिल्ला आएका सभासद्हरूलाई नेपाल पत्रकार महासङ्घ दाङले पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान जारी गर्न माग गरेको छ । सभासद्हरूलाई ज्ञापनपत्र बुझाउँदै पत्रकार महासङ्घ दाङले पूर्ण प्रेस स्वतन्त्रतासहितको संविधान जारी गर्न माग गरेको हो ।
महासङ्घका अध्यक्ष सुदीप गौतमले जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने १६ जना सभासद्हरूलाई ज्ञापनपत्र बुझाउँदै संविधानको मस्यौदामा प्रेस स्वतन्त्रता मात्रै उल्लेख गरिएको भन्दै त्यसमा पूर्ण शब्द थप्न आग्रह गर्नुभयो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया