शनिबार, असार १८ २०७९
काठमाडौं २२:३९
वासिङटन डिसी 12:54

आइतबार इदः सार्वजनिक बिदा

इनेप्लिज २०७२ साउन १ गते १३:५३ मा प्रकाशित

काठमाडौँ, १ साउन । मुसलमान समुदायले हर्षोल्लासका साथ आइतबार इदुल् फित्र (इद) मनाउँदैछन् ।

सरकारले सो दिन सार्जजनिक बिदासमेत दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । एकमहिने रमादान पर्व (रोजा) व्रत भने शनिबार पूरा हुनेछ ।

सो अवसरमा केन्द्रीय हज समितिका अध्यक्ष ताज मोहम्मद मियाले विज्ञप्ति जारी गरी सम्पूर्ण मुसलमान समुदायलाई शुभकामनासहित इद मुबारक बाद दिनुभएको छ ।

प्रतिक्रिया