सिमसार क्षेत्रमा पटेर काट्नेको भीड
इनरुवा, १ साउन । सुनसरीको कोसी प्रभावित क्षेत्रमा प्रशस्त मात्रामा पाइने पटेर काट्नका लागि स्थानीयवासीको भिड बढेको छ ।
पटेरबाट गुन्द्री र अन्य पटेरजन्य सामग्री बनाउने भएकाले कच्चापदार्थका रुपमा कोसी क्षेत्रको पटेर काट्न आउनेको सङ्ख्या बढ्दै गएको हो ।
कोसीटप्पु वन्यजन्तु आरक्ष र कोसी नदी आसपासका क्षेत्रमा प्रशस्त मात्रामा पाइने पटेर काट्नका लागि सुनसरी जिल्लासँगै मोरङका विभिन्न गाउँका र समुदायका स्थानीयवासी आउने गरेको स्थानीयवासी अरुण मण्डलले बताउनुभयो ।
कोसीको पारि क्षेत्र सप्तरीको भारदह, पोर्ताह, पिपरा, कमलपुर र वारी सुनसरीका क्षेत्र हरिपुर, श्रीपुरजव्दी, पश्चिमकुशाहा, मधुवन र प्रकाशपुर क्षेत्रमा पटेर पाइन्छ । पटेरबाट कोसी क्षेत्रका सरदार, चौधरी, उराँव, सदालगायत समुदायका स्थानीयवासीले आफ्नो जीविका चलाउनुका साथै अर्थोपार्जनसमेत गर्दै आएका छन् । पटेरबाट बनाइएको गुन्द्री, पटेरको पर्स, चटाई लगायतका सामग्री इनरुवा, इटहरी, धरान, पोखरा र काठमाडाँैसम्म जाने गरेको बिक्रेताले बताएका छन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया