छ हजार निरक्षरलाई साक्षर बनाइयो
बाबियाचौर (म्याग्दी), १ साउन । विद्यार्थी परिचालन गरेर यस वर्ष म्याग्दीका छ हजारभन्दा बढी निरक्षरलाई साक्षर बनाइएको छ ।
कक्षा ९ र १० का विद्यार्थीलाई परिचालन गरेर १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरलाई अङ्क, अक्षर चिन्न, लेख्न र पढ्न सक्ने बनाएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । साक्षर नेपाल कार्यक्रमअन्तर्गत विद्यार्थीले आफ्नो परिवारका सदस्य तथा छिमेकमा रहेका निरक्षरलाई साक्षर बनाएका हुन् ।
अभियानमार्फत यस वर्ष छ हजार ३६ निरक्षरलाई साक्षर बनाएको कार्यालयका विद्यालय निरीक्षक टेकप्रसाद पाण्डेले जानकारी दिनुभयो । माध्यमिक तहमा अध्ययनरत पाँच हजार १५ विद्यार्थीलाई परिचालन गरिएको थियो । निरक्षर पहिचान गरी उनीहरुलाई साक्षर बनाएबापत विद्यार्थीलाई स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको २५ अङ्कको प्रयोगात्मक परीक्षाअन्तर्गत १० अङ्क प्रदान गर्ने व्यवस्था रहेको छ ।
म्याग्दीमा बसोबास गर्ने एक लाख १३ हजार जनसङ्ख्यामध्ये करिब ७५ प्रतिशत साक्षर रहेका छन् । यसैगरी साक्षर बनिसकेकाको क्षमता अभिवृद्धि गर्न कार्यालयले २२ वटा सामुदायिक अध्ययन केन्द्रमा सञ्चालन गरेको साक्षरोत्तर कक्षाबाट चार हजार ६०० लाभान्वित भएका छन् । साथै १२ केन्द्रमार्फत ४० आयआर्जन समूह गठन गरी आयमूलक कार्यक्रम सञ्चालन गरिएको छ । द्वन्द्वप्रभावित नवसाक्षर महिला बालबालिकाका लागि ११ वटा केन्द्रमार्फत विशेष कार्यक्रम सञ्चालन भइरहेको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया