बाढीका कारण बर्दियामा करिब सात सय घर डुबानमा
बर्दिया, ३१ असार । गएराति परेको अविरल वर्षाका कारण बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले बर्दियाका विभिन्न स्थानका करिब ७०० घर डुबानमा परेका छन् ।
गएराति निरन्तर वर्षा भएपछि बिहान करिब ३ बजे बबई र कर्णाली नदी गाउँ पसेको हो । कर्णाली नदीका कारण राजापुर क्षेत्रको गोला, मनाउँ, सूर्यपटुवा गाविस र राजापुर नगरपालिकाका नदी आसपासका क्षेत्र डुबानमा परेका छन् भने त्यसैगरी बबई नदीका कारण महम्मदपुर, पदनाह, बनियाभार, बगनाह र गुलरिया नगरपालिकाका नदी आसपासका करिब ७०० भन्दा बढी घर डुबानमा परेका छन् ।
त्यसैगरी बबई नदीका कारण गुलरिया–नेपालगन्ज हुलाकी सडकखण्डको बाटो माथिबाट बग्न थालेपछि उक्त गुलरिया–नेपालगन्ज सडकखण्ड अवरुद्धसमेत भएको छ । राति करिब ३ बजे बाढी गाउँमा पसेपछि मानवीय क्षति नभए पनि खाद्यान्न अन्नबालीमा क्षति भएको बाढीपीडितले बताएका छन् ।
बाढी आएपछि बढी जोखिम हुने गुलरिया नगरपालिकाको नदी किनाराका बस्ती, महम्मदपुर, पदनालगायतका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई उद्धार कार्यमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया