बिहीबार, असार ३ २०७८
काठमाडौं २३:३९
वासिङटन डिसी 13:54

प्रवासबाट भूकम्पपीडितलाई सहयोग

इनेप्लिज २०७२ असार ३१ गते २:०४ मा प्रकाशित

गोरखाबजार, ३१ असार । उत्तरी गोरखाको लापु गाविस–३ लापुबेसी घर भई हाल अस्ट्रेलियाको मेलबर्न बस्दै आएका जोन घलेले भूकम्पपीडित गाउँलेलाई टहरो छाउन जस्तापाता वितरण गर्नुभएको छ ।

रु ६ लाखको जस्तापाता किनेर लापु गाविसका ७० भूकम्पपीडितलाई दुई बन्डलका दरले बुधबार जस्तापाता वितरण गरेको गुरुङले जानकारी दिनुभयो ।

रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाले गाउँलेलाई विपद्को बेला सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया