बस पल्टिँदा तेह्रजना घाइते

इनेप्लिज २०७२ असार ३० गते १४:४८ मा प्रकाशित

accident-signसप्तरी, ३० असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा आज अपराह्न बस अनियन्त्रित भई पल्टिँदा १३ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४१३१ नम्बरको बस सडकको दायाँ किनारामा पल्टिँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया