हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु
सप्तरी, ३० असार । सप्तरीको सप्तकोसी नगरपालिका–१० मा हात्तीको आक्रमणबाट आज एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–१० बस्ने सत्यनारायण यादव की अन्दाजी १३ वर्षीया सङ्गीता यादव रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।
गाईबस्तु चराउनका लागि स्थानीय जङ्गलमा गएकी सङ्गीतालाई कोसी टापु वन्यजन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गरेको थियो ।
बालिकालाई मङ्गलबार साझा गाईबस्तु चराउने बेला आरक्षबाट अचानक आएको हात्तीले लखेटेको सँगै गाई चराउन गएका १९ वर्षीय श्याम रामले बताउनुभयो । रामले स्थानीय गाउँमा आएर खबर गरेपछि इलाका प्रहरी कार्यालयका प्रहरी टोली र स्थानीयवासीले उक्त बालिकालाई राति खोज्दा नभेटेको र ती बालिका आज बिहान स्थानीय जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया