एचआइभी सङ्क्रमितका लागि उद्धार र उपचारका लागि आपत्कालीन कोष स्थापना गरिने

इनेप्लिज २०७२ असार ३० गते २:३७ मा प्रकाशित

तुलसीपुर (दाङ), ३० असार । जिल्ला एड्स समन्वय समितिको बैठक मङ्गलबार घोराहीमा बसेको बैठकले एचआइभी सङ्क्रमितका उद्धार र उपचारका लागि जिल्लामा आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

जिल्ला एड्स समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी पुष्पराज शाहीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकमा यो वर्ष भेटिएका २४ नयाँ एचआइभी सङ्क्रमितसहित जिल्लामा २७८ एचआइभी सङ्क्रमित भेटिएको एचआइभी÷एड्सको क्षेत्रमा काम गर्दै आएको संस्था दाङ प्लसका संयोजक प्रकाश नेपालीले बताउनुभयो ।

अहिलेसम्म भेटिएका एचआइभी सङ्क्रमितमध्ये ६८ को मृत्यु भइसकेको र १६१ ले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीबाट निःशुल्क रुपमा एआरभी औषधि खाइरहेको संयोजक नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया