शुक्रबार, असार ४ २०७८
काठमाडौं ११:३८
वासिङटन डिसी 01:53

सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट पारित

इनेप्लिज २०७२ असार २९ गते ११:५८ मा प्रकाशित

image.php0000काठमाडौँ, २९ असार । सरकारले आर्थिक वर्ष २०७२/०७३ को आय–व्ययको अनुमानित विवरण (बजेट) स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्षको आय– व्ययको अनुमानित विवरणसम्बन्धी विधेयक स्वीकृत गरेको हो ।

व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने आर्थिक वर्ष २०७२/०७३ को बजेट वक्तव्य, विनियोजन विधेयक–२०७२, आर्थिक विधेयक–२०७२, राष्ट्र ऋण उठाउने विधेयक– २०७२ र पेस्की खर्च विधेयक–२०७२ बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया