तीन लाखको चाँदीसहित भारतीय नागरिक पक्राउ

इनेप्लिज २०७२ असार २९ गते १०:४६ मा प्रकाशित

Silvarपर्सा, २९ असार । नेपाल–भारत सिमानाबाट आज प्रहरीले रु तीन लाख मूल्य बराबरको अवैध चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जबाट खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १ छपकैयास्थित सीमा क्षेत्रबाट अवैध चाँदीसहित भारत विहारको रक्सौल नगरपालिका पन्टोका निवासी विनोदप्रसाद कलवारलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ चाँदी तस्करी भइरहेको गोप्य सूचनाका आधारमा अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारततर्फ जान लागेका कलवारलाई रोके तलाशी लिएको थियो । शरीरमा लुकाइछिपाई राखिएको पाँच किलो तौल बराबरको चाँदी बरामद भएपछि आवश्यक काराबाहीका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया