शुक्रबार, असार १७ २०७९
काठमाडौं ०२:२४
वासिङटन डिसी 16:39

सुक्खाग्रस्त स्याबरुम्बामा पानी सङ्कलन गर्न पोखरी निर्माण

इनेप्लिज २०७२ असार २९ गते ५:३६ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, २९ असार । जिल्लाको सुख्खाग्रस्त गाविस स्याबरुम्बा–७ मा आकासे पानी सङ्कलन गर्न दुई वटा पोखरी निर्माण गरिएको छ ।

जिल्ला विकास समितिको रु तीन लाख १५ हजार आर्थिक सहयोगमा निर्माण गरिएको ती पोखरीबाट स्थानीय ८२ घर लाभान्वित हुने सिंहदेवी नागरिक सचेतना केन्द्रका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।

पोखरीमा सङ्कलित पानीले पशुपालन कृषिलगायतमा सहजता हुने भएकाले स्थानीयले राहतको महसुस गरेका छन् । खानेपानी अभावका कारण यस गाविसका सयौँ स्थानीय बसाइँ सरिसकेका छन् ।

प्रतिक्रिया