अस्पतालमा सर्पदंशका बिरामी बढे
इनेप्लिज
२०७२ असार २९ गते ४:१२ मा प्रकाशित
वीरगन्ज (पर्सा), २९ असार । बढ्दो गर्मीका कारण यहाँका अस्पतालमा सर्पदंशका बिरामीको चाप बढेको छ ।
वीरगन्जको नारायणी अस्पताललगायतका क्षेत्रमा सर्पदंशका बिरामीको चाप बढेको हो । अहिले दैनिक ३० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी जयमोद ठाकुरले जानकारी दिनुभयो ।
उहाँले पर्सासहित यस आसपासका सर्वसाधारण उपचारका लागि आउने गरेको बताउनुभयो । नारायणीसहित अन्य निजी तथा सामुदायिक संस्थामा पनि बिरामीको चाप बढेको छ ।
विशेषगरी वर्षायामको समयमा जमिनको सतहमा सर्प आउने भएका कारण पनि सर्पदंशका बिरामी बढ्ने गरेको पाइएको हो ।
अस्पतालमा दैनिक बिरामीको चाप बढेपछि औषधिको समेत अभाव भएको चिकित्सकले बताएका छन् ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया