झापाको शरणामति र चकचकीमा आयुर्वेद औषधालय स्थापना
इनेप्लिज
२०७२ असार २९ गते ४:११ मा प्रकाशित
सुरुङ्गा (झापा), २९ असार । सर्वसाधारणले सहजै आयुर्वेद स्वास्थ्य सेवा लिन सकुन् भन्ने उद्देश्यले झापाका दुई स्थानमा सोमबार दुईवटा आयुर्वेद औषधालयको स्थापना गरिएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शरणामति गाविसमा स्थापना गरिएको आयुर्वेद औषधालयको उद्घाटन गर्नुभयो भने चकचकी गाविसमा गरिएको आयुर्वेद औषधालयको उद्घाटन आयुर्वेद विभागका महानिर्देशक डा देवकला भण्डारीले गर्नुभयो ।
योसँगै झापामा आयुर्वेद औषधालयको सङ्ख्या पाँचवटा पुगेको जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र चन्द्रगढीका प्रमुख डा सूर्यनारायण मेहताले जानकारी दिनुभयो ।
शरणामति र चकचकीमा स्थापना भएका आयुर्वेद औषधालयमा एक÷एक जना कविराज एक÷एक जना वैद्य र दुई÷दुई जना कार्यालय सहयोगी रहने बताइएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया