बुटवल उपमहानगरपालिका पूर्ण साक्षर
बुटवल (खस्यौली), २९ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण साक्षर भएको छ ।
उपमहानगरपालिकाभित्र रहेको जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षर भइसकेकाले उपमहानगरपालिकालाई पूर्ण साक्षर नगरको रुपमा घोषणा गरिएको बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख ध्रुवबहादुर खड्काले बताउनुभयो ।
सोमबार यहाँ आयोजित कार्यक्रममा रुपन्देहीका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले बुटवल उपमहानगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गर्नुभयो भने रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले पूर्ण साक्षर भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा स्थानीय विकास अधिकारी अर्यालले शिक्षाले मानिसको चेतनास्तर वृद्धि गर्ने र सकारात्मक सोचको विकास गर्ने भएकाले समाजको विकासमा शिक्षाको ठूलो भूमिका रहेको बताउनुभयो ।
जिल्ला शिक्षा अधिकारी थापाले बुटवल मात्रै नभएर रुपन्देही जिल्लाभरिमा नै ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या पूर्ण साक्षर भइसकेको भन्दै यही महिनाभित्र रुपन्देहीलाई पूर्ण साक्षर जिल्ला घोषणाको तयारी भइरहेको जानकारी गराउनुभयो ।
जिल्ला शिक्षा कार्यालयले यही असारको ३१ गते रुपन्देहीलाई पूर्ण साक्षर जिल्ला घोषणाको तयारी गरेको छ । पूर्ण साक्षर हुनका लागि त्यस ठाउँमा रहेको १५ देखि ६० वर्ष उमेर समूहको जनसङ्ख्यामध्ये ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएको हुनुपर्छ ।
बुटवल उपमहानगरपालिका समाज कल्याण महाशाखाका प्रमुख भुवाप्रसाद लुइँटेलका अनुसार एक लाख ३८ हजार ७४२ जनसङ्ख्यामध्ये पूर्ण साक्षर अभियान सञ्चालन अगाडि बुटवल उपमहानगरपालिकामा पाँच हजार ३७२ जना निरक्षर रहेका थिए ।
अभियानका क्रममा बुटवल उपमहानगरपालिकाले २८१ वटा सघन साक्षरता कक्षा सञ्चालन गरेको थियो । जसबाट चार हजार ८८० जान साक्षर भएको नगरपालिकाको दाबी छ । जुन ९९.६२ प्रतिशत हो । बुटवल उपमानगरपालिका पूर्ण साक्षर घोषणा भए पनि नगरमा अझै ४९२ जना भने निरक्षर नै छ ।
बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख खड्काले बुटवलको विकासलाई थप उचाइमा पु¥याउन आर्थिकसँगै सामाजिक विकासलाई महत्वका साथ लिएको बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया