भिनाजुको नाममा परीक्षा दिँदा सालो पक्राउ
इनेप्लिज
२०७२ असार २८ गते ११:२५ मा प्रकाशित
गोलबजार (सिरहा), २८ असार । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा भिनाजुको नाममा परीक्षा दिन पुगेका सालो आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी कल्याणपुर गाविस– ६ का शिवनारायण साहका छोरा दिनेशचन्द्र साह रहेका छन् । नातामा आफ्नै भिनाजु पर्ने भोला साहको नाममा परीक्षा दिइरहेका अवस्थामा लहानस्थित पशुपति आदर्श उच्च मावि परीक्षा केन्द्रबाटै सालो दिनेश पक्राउ परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिनुभयो ।
पक्राउ परेका दिनेशलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ । उहाँमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढेको प्रहरीले बताएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया