नगरपालिकाको सार्वजनिक सुनुवाइ

इनेप्लिज २०७२ असार २८ गते १:२८ मा प्रकाशित

Dang_district_locationतुलसीपुर (दाङ), २८ असार । आफूहरु नगरवासी भए पनि नगरवासी भएको अनुभूति गर्न नपाएको तुलसीपुर नगरपालिका वडा नं १८, १९ र २० का नगरवासीले गुनासो गरेका छन् ।

तुलसीपुर नगरपालिकाले आइतबार उरहरीमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

तुलसीपुर नगरपालिकाले आव २०७१/७२ को अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले नगरपालिकाले आफूहरुलाई पनि अन्य वडासरह विकास दिनुपर्ने बताएका छन् ।

उनीहरुले मालपोत तिर्न जाँदा समस्या भएको भन्दै वडा कार्यालयमा नै मालपोत तिर्ने व्यवस्था मिलाउन नगरपालिकालाई आग्रह गरेका थिए । तुलसीपुर नगरपालिका कार्यकारी अधिकृत डिल्लीराज बेलवासेले थप भएका वडालाई पनि अन्य वडासरह विकास गर्दै लैजाने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा अधिकृत बेलवासेले तुलसीपुर नगरपालिकामा रहेका सडकको गुरुयोजना बनाई अगाडि बढ्ने उल्लेख गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका अर्जुण केसी, एमाओवादीका केदारप्रसाद आचार्य, नेकपा माओवादीका पोषण बस्नेत, समाजसेवी तिलक बस्नेत, महिला अधिकारकर्मी सुष्मा गिरी, प्रतिमा शर्मा, पत्रकार नारायणी रजौरे, स्थानीय ठाकुर बस्नेत, दोर्ण बस्नेत, लीलाद्योज बस्नेत, नेत्रमणि शर्मा, पदमप्रसाद न्यौपानेले नगरको विकास निर्माण बारेमा आ–आफनो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया