चार सयभन्दा बढी मुद्दा फछ्र्याेट
भद्रपुर, २७ असार । जिल्ला अदालतमा हालसम्म जिम्मेवारी सरेर आएकामध्ये २१९ र यस वर्षकामध्ये १८५ थान मुद्दा फछ्र्योट भएका छन् ।
अदालतमा जिम्मेवारी सरेर आएका एक हजार ८८४ र यस वर्षका ३७९ मुद्दा थिए । अदालतले ‘फैसला कार्यान्वयन दण्ड, जरिवाना असुल तहसिल हाम्रो अभियान’ विषयमा शनिबार आयोजना गरेको समीक्षात्मक कार्यक्रममा सो जानकारी दिइएको हो । त्यस्तै विसं २०७१ कात्तिक महिनादेखि हालसम्ममा रु पाँच करोड ६४ लाख १५ हजार जरिवाना असुलउपर भई भुक्तानी हुन बाँकी कैद छ हजार १७५ वर्षमध्ये एक हजार ३९९ वर्ष कैद फछ्र्योट भएको छ ।
कार्यक्रममा अदालतका तहसिलदार विदुर नेपाल र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जिल्ला अदालतबाट भएका फैसला कार्यान्वयन विषयमा आआफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा जिल्ला न्यायाधीश रमेशकुमार खत्रीले अदालतको फैसला कार्यान्वयनमा राज्य पक्षको धेरै ठूलो जिम्मेवारी रहने भएकाले यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । प्रजिअ तेजप्रसाद पौडेलले अपराधरहित समाज निर्माण गर्न फैसला पूृर्णरुपमा कार्यान्वयन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया