बाख्रामा अज्ञात रोग

इनेप्लिज २०७२ असार २७ गते २:१८ मा प्रकाशित

goatअछाम, २७ असार । बाख्रामा अज्ञात रोग फैलिँदा सान्तडा गाविसमा २८ बाख्रा मरेका छन् ।

गाविस वडा नं ९का ददी साउदका १४ र माने साउदका १२ बाख्रा मरेका हुन् । बाख्रामा झोक्रिने, र्‍याल फाल्ने, काँप्ने लगायत लक्षण रहेको स्थानीय किसानले बताएका छन् । औषधोपचार गर्न र सल्लाह लिन पशु सेवा केन्द्र सान्तडामा जादा कर्मचारी नभेटिएकाले रित्तो हात घर फकिएनु परेकोे किसानको गुनासो छ ।

जिल्ला पशु सेवा कार्यालयले भने घाँसको नयाँ पालुवामा किरा र पोसिलो पदार्थ बढी हुने भएकाले यस्तो समस्या आएको हुन सक्ने जनाउँदै त्यको रोकथामका लागि पशुचिकित्सक पठाइने जनाएको छ ।

प्रतिक्रिया