रेड प्लस, वन तथा जलवायु परिवर्तनसम्बन्धी छलफल कार्यक्रम

इनेप्लिज २०७२ असार २६ गते २:५६ मा प्रकाशित

कलैया, २६ असार । साझेदारी वन उपभोक्ता महासङ्घ नेपालद्वारा रेड प्लस, वन तथा जलवायु परिवर्तनसम्बन्धी जिल्लास्तरीय छलफल कार्यक्रम शुक्रबार कलैयामा आयोजना गरियो ।

कार्यक्रममा साझेदारी वन उपभोक्ता महासङ्घ केन्द्रीय सहअध्यक्ष राधेश्याम सिवाकोटीले मुलुकमा सामुदायिक वन उपभोक्ता समूहले करिब १७ हजार हेक्टर वन क्षेत्र व्यवस्थापन गरी २२ लाख घरधुरीले प्रत्यक्ष लाभ लिइरहेको जानकारी दिनुभयो । साथै उहाँले जलवायु परिवर्तनका कारण हुने जोखिमको दृष्टिकोणले नेपाल विश्वको चौथो संवेदनशील मुलुक भएको बताउनुभयो ।

साझेदारी वन उपभोक्ता महासङ्घ नेपाल केन्द्रीय उपाध्यक्ष रामप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा राप्रपाका गीरधारी चौधरीले कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा राजनीतिक दल, कार्यालय प्रमुख, सञ्चारकर्मी गरी ३५ जनाको सहभागिता थियो ।

प्रतिक्रिया