चरिकोट, २६ असार । मनाङ मस्र्यादी युुवा क्लब र मनाङ सेवा समाज काठमाडौँले दोलखाको अति दुर्गम कालिञ्चोकका स्थानीयलाई करिब रु एक करोड बराबरको विभिन्न राहत सामग्री हस्तान्तरण गरेको छ ।
उत्तरी क्षेत्रको सडक अवरुद्ध हुँदा सिधै कालिञ्चोकमा राहत पु¥याउन नसकेपछि राहत सामग्री सदरमुकाम ल्याएर उनीलाई खबर गरी राहत वितरण गरिएको हो ।
प्रतिव्यक्ति एक वटा टेन्ट, स्लिपिङ ब्याग र चामल तथा मन्जन, ब्रस, साबुन, प्याड वितरण गरिएको क्लबका अध्यक्ष जिमी गुरुङले बताउनुभयो ।
ङिस्याङ महिला समाज मनाङले हङकङबाट उपलब्ध गराएको ६०० थान टेन्ट, ३०० थान स्लिपिङ ब्याग, २०० बोरा चामल, प्याड र मनाङ मस्र्याङदी क्लबले उपलब्ध गराएकोे ८५ बन्डल जस्तापाता भूकम्प प्रभावित विद्यालयलाई वितरण गरेको छ ।
कालिञ्चोक उमावि, पशुपति कन्या मावि, महेन्द्रोदय उमावि, कुटीडाँडा उमावि र लापिलाङ उमाविलाई १०/१० बन्डल, वीरेन्द्र प्रावि, कालिञ्चोक बालगृह, कुप्रि निमावि, सिद्धार्थ प्रावि र कैलेश्वर प्राविलाई पाँच/पाँच बन्डल जस्तापाता वितरण गरिएको छ ।
त्यसैगरी कालिकादेवी प्रावि र कालापानी प्राविलाई १०÷१० बन्डल जस्तापाता वितरण गरिएको छ ।
उत्तरी दुर्गमको हिमालय उमावि खोपाचागुलाई मनाङ समाजले प्रदान गरेको २३ बन्डल जस्तापाता हेलिकप्टर चार्टर गरी त्यहाँ पु¥याइको छ ।
नेपाली काँग्रेसका युवा नेता ईश्वर मानन्धरको पहलमा हालसम्म ५० विद्यालयलाई करिब १० बन्डलका दरले जस्तापाता प्रदान गरिसकेको छ ।
क्लब सेवा समाज र महिला समाज मनाङले रसुवा, सिन्धुपाल्चोक, लमजुङ, गोरखा, तनहुँ, रामेछाप, दोलखालगायतका भूकम्पपीडित १४ जिल्लामै जस्तापाता र अन्य राहत उपलब्ध गराइसकेको मनाङ ङिस्याङ महिला समाजको अध्यक्ष खण्डलम गुुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया