गुडिरहेको बस सडकमै पल्टिँदा पाँच परीक्षार्थी घाइते
खोटाङ, २५ असार । गुडिरहेको बस सडकमै पल्टिँदा खोटाङमा पाँचजना गम्भीर घाइते भएका छन् । लोकसेवा आयोगको परीक्षा दिन खोटाङ आउने परीक्षार्थी लिएर दिक्तेल आउँदै गरेको बा३ख ३४४१ नम्बरको यात्रुबाहक बस गएराति बुइपास्थित पञ्चेदोबाटोमा पल्टिँदा पाँच परीक्षार्थी गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा उदयपुरको साउने–३ की ३३ वर्षीया डबलकुमारी राई, सोही स्थानकी २४ वर्षीया गीता थापामगर, उदयपुर नेपालटार–४ का २४ वर्षीय नेत्रबहादुर राई, भोजपुर लेकखर्क–१ का ३० वर्षीया रमा सुयल र सप्तरी तरही–१ की ३७ वर्षीया चन्द्रकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । खरेलका अनुसार घाइते सबैको टाउकोमा गहिरो चोट लागेको छ ।
उनीहरुको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको यातायात व्यवसायी सङ्घ खोटाङका अध्यक्ष गणेश शाहीले बताउनुभयो । रेग्मीटारबाट ३४ जना परीक्षार्थी चढेको बस दुर्घटना हुँदा अन्य परीक्षार्थी सामान्य रहेको प्रहरीले जनाएको छ ।
बस चालक सुनसरीका दलबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया