बेल्चा प्रहार गरी आमाको हत्या

इनेप्लिज २०७२ असार २५ गते ८:४३ मा प्रकाशित

hatya-imageमहोत्तरी, २५ असार । महोत्तरीको गौशालामा एक युवकले आफ्नै आमालाई बेल्चा प्रहार गरी हत्या गरेको छ । गौशाला नगरपालिका– ७ का ४५ वर्षीय करियादेवी सदालाई आफ्नै छोरोले बेल्चा प्रहार गरी हत्या गरेको हो ।

आज बिहान ८ः३० बजे मदिरा सेवन गरेका १८ वर्षीय दिलीप सदाले आफ्नै आमाको हत्या गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घरायसी विवादका कारण दिलीपले प्रहार गरेको बेल्चाका कारण गम्भीर घाइते भएकी करियादेवीलाई उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । दिलीपलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

शव परीक्षणका लागि जलेश्वर लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया